Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुशान्त सिंह राजपुत मृत्यु प्रकरण: सीबीआईले माग्यो अमेरिकी सहयोग

    सुशान्त सिंह राजपुत मृत्यु प्रकरण: सीबीआईले माग्यो अमेरिकी सहयोग

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको थप अनुसन्धानका लागि भारतीय जाँच एजेन्सी सीबीआईले अमेरिकी सहयोग मागेको छ ।

    हिन्दुस्तान टाइम्सका अनुसार सीबीआईले सुशान्तको सामाजिक संजालहरु र इमेलको डिलेट गरिएको डाटा फेरि प्राप्त गर्नको लागि अमेरिकी कम्पनीहरु गुगल र फेसबुकसँग सहयोगको लागि आग्रह गरेको हो।



    सुशान्तको शव १४ जून २०२० मा मुम्बइको बान्द्रास्थित उनको घरमा भेटिएको थियो । सुशान्तको मृत्युको मामिलामा उनकी प्रेमिका रिया चक्रवर्तीसहित उनको परिवारमाथि आरोप लगाइएको थियो । तर उनीहरुले उक्त आरोप अस्वीकार गर्दै आइरहेका छन्।



    सीबीआईले पारस्परिक विधिक सहायता सन्धि (एमएलएटी) अनुसार गुगल र फेसबुकसँग सुशान्तको डिलेट भइसकेका च्याट, इमेल वा पोस्टको जानकारी मागेको छ ताकि तिनिहरुको जाँच गर्न सकियोस् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार