Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मृत भेटिएका सुशान्त सिंह राजपूतको हत्या भएको दाबी

    मृत भेटिएका सुशान्त सिंह राजपूतको हत्या भएको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 705
    SHARES

    फाइल फोटो

    एजेन्सी । साढे दुई वर्षअघि आफ्नै फ्ल्याटमा मृत भेटिएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ।

    प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै केस बन्द गरे पनि अस्पतालका कर्मचारीले हत्या भएको दाबी गरेका हुन्। कूपर अस्पतालको शवगृहका कर्मचारीले अभिनेता सुशान्तको हत्या भएको दाबी गरेका हुन्।



    उनले पहिलो पटक सुशान्तको शव हेर्ने बित्तिकै आत्महत्या होइन हत्या लागेको बताए। शाहका अनुसार पोस्टमार्टमको भिडिओ रेकर्डिङलाई अनुमति दिइएको थिएन।



    त्यसैले अन्तिम समयमा सुशान्तको शवको अवस्थाको कुनै प्रमाण छैन। पोस्टमार्टम रिपोर्टमा सुशान्तको झुन्डिएका कारण मृत्यु भएको उल्लेख गरिएको थियो।

    यसै विषयमा सुशान्तका वकिल विकास सिंहको प्रतिक्रिया आएको छ। उनले सुशान्तको केसमा षड्यन्त्र भएको बताउँदै सिबिआई पनि उक्त षड्यन्त्रमा सहभागी भएको आशंका व्यक्ति गरेका छन्।

    १४ जुन सन् २०२० मा अभिनेता सुशान्त बान्द्राको आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा भेटिएका थिए। सुरुमा घटनालाई आत्महत्या भने पनि मिडिया र सामाजिक सञ्जालको दबाबका बीच घटनाको अनुसन्धानको जिम्मा सिबिआईलाई सुम्पिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार