Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सहायक सिडिओको हस्ताक्षर किर्ते गरेको आरोपमा महन्थ दास पक्राउ

महोत्तरी ।  हस्ताक्षर किर्ते गरेको आरोपमा प्रहरीले महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दासलाई पक्राउ गरेको छ ।

दासलाई किर्ते गरेको आरोपमा रुपन्देही प्रहरीले आइतबार बिहान उनी मटिहानीबाट पक्राउ गरेको हो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ)को हस्ताक्षर किर्ते गरी बैंकबाट रुपैयाँ झिकेको आरोपमा महन्त दासलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

महन्त दासले हस्ताक्षर किर्ते गरी रुपन्देहीको बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोप छ । दास विवादित महन्त हुन् ।

मठको कैयौँ बिघा जग्गा बेचेको आरोप पनि उनीमाथि छ । यो विषयमा पनि उनीमाथि अदालतमा मुद्दा चलिरहेको छ । पक्राउ परेका महन्थ दासलाई अनुसन्धानका लागि रूपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077