Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरकार निर्माणका लागि एमालेलाई हतारो छैन : गोकर्ण बिष्ट

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभएको बताएका छन्।

गुल्मीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बिष्टले एमालेलाई दिएको जनमत प्रतिपक्षमा बस्नको लागि भएकाले सरकार गठनमा सामेल नहुने बताएका हुन् ।

उनले भने,‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन । लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राख्दै संसदीय अभ्यासलाई सम्मान गर्छौं तर, त्यो भन्दैमा सबै प्रक्रियाबाट टाढा हुँदैनौं। जनताको भावनालाई शिरमा राखेर काम गर्छौं।’

बिष्टले यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उल्लेख गर्दै एमालेले जनताको त्यो म्यान्डेटलाई शिरमा राखेर काम गर्ने बताए।

उनले सरकार निर्माणका लागि एमालेलाई हतारो नभएको बताए । एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077