Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर । चितवनमा हात्तिको आक्रमणमा परेर घाइते भएकी महिलाको उपचारको क्रममा निधन भएको छ ।

भरतपुर महानगरपालिका-२८ अन्द्राउली भन्ने स्थानमा शनिबार बेलुका ८:३० बजेको समयमा घरको आँगनमा आगो तापीरहेका भागीरथी सुवेदीलाई एक्कासी हात्तीले आक्रमण गरेको थियो ।

अन्दाजी ७० वर्षीया सुवेदीलाई उपचारको लागि भरतपुर अस्पतालमा लगिएकोमा बेलुका १२ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले सुवेदीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077