Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली मोरक्कोलाई स्वदेशमा भव्य स्वागत

काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको मोरक्कोका खेलाडीहरूलाई स्वदेशमा भव्य स्वागत गरिएको छ।

कतारबाट हालै स्वदेश फर्किएका उनीहरूलाई मोरक्कोको राजधानीमा जम्मा भएका हजारौं दर्शकले विमानस्थलदेखि नै भव्य स्वागत गरेका थिए।

समर्थकहरू राष्ट्रिय झण्डा फरहराउँदै उनीहरूको पक्षमा नाराबाजी गरेका थिए। त्यस्तै, त्यहाँका राजा मोहम्मद छैटौँले टोलीका प्रशिक्षक तथा खेलाडीलाई राजदरबारमा बोलाएर सम्मान गरका थिए।

कतारमा भर्खरै सम्पन्न विश्वकपको क्वार्टरफाइनमा पोर्चुगललाई पराजित गर्दै मोरक्कोले पहिलोपटक सेमिफाइनलमा पुग्ने अफ्रिकी देशको इतिहास रचेको थियो।

सेमिफाइनल र तेस्रो स्थानका लागि भएको खेलमा भने मोरक्को फ्रान्स र क्रोएसियासँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077