Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

'कुख्यात अपराधी' चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । बिकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्तगर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो ।

शोभराजका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमा आदेश जारी गर्दै सर्वोच्चले निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवाधिकार मापदण्ड, संविधान तथा कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको भनेको छ।

फ्रान्सेली नागरिक शोभराज सन् २००३ मा नेपालमा पक्राउ परेका थिए। कर्तव्य ज्यानको मुद्दामा उनलाई जिल्ला अदालत भक्तपुरले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई नेपालमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।

यस्तो छ आदेश :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077