Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ

पर्सा । पर्सामा करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवरलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२७ जसौलीका ३४ वर्षीय कुसल दास र उनका भाई २८ वर्षीय भरत दास रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोप छ ।

कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरतलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए ।

घटनामा प्रयोग भएको ना ३ च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077