Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नवनिर्वाचित सांसदहरूको शपथ आज

    नवनिर्वाचित सांसदहरूको शपथ आज

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 444
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ खुवाइँदै छ ।

    सङ्घीय संसद् सचिवालयले नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ खुवाउन लागेको हो ।



    नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । उनै ज्येष्ठ सदस्य राणाले अन्य सदस्यहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउने छन् ।



    यसअघि, आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

    गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरेर २७५ जना प्रतिनिधिसभा सदस्य चुनिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार