Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकी संसदमा जेलेन्सकीको सम्बोधन, भन्छन् – रुसका अगाडि घुँडा टेक्दैनौँ

    अमेरिकी संसदमा जेलेन्सकीको सम्बोधन, भन्छन् – रुसका अगाडि घुँडा टेक्दैनौँ

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 531
    SHARES

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ ।

    रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा पुग्नु भएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठक कंग्रेसलाई सम्बोधन गर्दै आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।



    उनले आफूहरु रुसको आक्रमणबाट विचलित नभई अघि बढिरहेको उल्लेख गरे । आफूले शान्तिका लागि अघि सारेको दश बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै जेलेन्स्कीले प्रत्येक अमेरिकी सांसदले पनि त्यसलाई अनुमोदन गर्नुपर्ने बताए ।



    रुसलाई आतंककारीको संज्ञा दिंदै जेलेन्स्कीले आतंककारीलाई सबक सिकाउन अमेरिकी कंग्रेस एक ढिक्का हुनेछ भन्ने विश्वास पनि ब्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार