Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • रुसले अझै भयानक यातना र अत्याचार गर्न सक्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आशंका

    रुसले अझै भयानक यातना र अत्याचार गर्न सक्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आशंका

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले अझै भयानक यातना र अत्याचार गर्न सक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आशंका व्यक्त गरेका छन् ।

    रुसी सैनिकको कब्जामा रहेका क्षेत्रमा सर्वसाधारणको ठूलो संख्यामा बरबर हत्याका घटना सार्वजनिक भएका छन् । राजधानी किएभ नजिकैको बुचासहितका बजारमा सर्वसाधारणका शव सडक अलपत्र अवस्थामा भेटिएको थियो ।



    युक्रेनले यसलाई रुसी सैनिकले गरेको नरसंहार र युद्ध अपराध भनेको छ । रुसले भने सर्वसाधारणको हत्या अस्वीकार गर्दै आफूलाई फसाउन खोजिएको दाबी गर्दै आएको छ ।



    आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी दाबी खारेज गर्दै भनेका छन्, ‘उनीहरु हाम्रा नागरिकको हत्या हाम्रै सैन्य अभियानका कारण भएको भनिरहेका छन्, जुन सरसर झुठ हो । यसले रुसको कमजोरी संकेत गर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार