Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चार्ल्स शोभराज आज थुनामुक्त हुँदै, आजै फ्रान्स पठाउने तयारी

काठमाडौं । हत्यासहितका विभिन्न अपराधमा नेपालको जेलमा १९ वर्षदेखि सजाय काटिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज थुनामुक्त हुँदै छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई आज थुनामुक्त गर्न लागिएको हो । कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय कारागारमा पुगेपछि उनलाई छाड्ने प्रक्रिया सुरु हुने बताइएको छ ।

भक्तपुर जिल्ला अदालतमा पनि शोभराजको अर्को मुद्दा रहेकाले केन्द्रीय कारागारबाट उनलाई भक्तपुर लगिने र त्यहाँ बाँकी प्रक्रिया पूरा गरेर सिधै विमानस्थल लगेर फ्रान्स पठाउने तयारी भईरहेको बुझिएको छ ।

अन्तर्राष्ट्रिय रुपमै कुख्यात हत्याराको परिचय बनाएका शोभराज सन् २००३ मा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077