Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सपथ ग्रहणका लागि अस्पतालबाट संसद भवन जाँदै माधव नेपाल

    सपथ ग्रहणका लागि अस्पतालबाट संसद भवन जाँदै माधव नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 477
    SHARES

    फाइल फोटो

    काठमाडौं । तीन दिनयता त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माधव कुमार नेपाल शपथमा उपस्थित हुने भएका छन् ।

    नेपाल अस्पतालबाट नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुको शपथमा जाने तय भएको समाजवादी प्रेस संगठनका एक नेताले जानकारी दिए । उनका अनुसार शपथपछि नेपाल फेरि अस्पताल नै फर्किनेछ ।



    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ खाँदैछन् । आज दिउँसो १ बजे संसद भवनमा शपथ समारोहको आयोजना हुनेछ ।



    नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार