Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रवीन्द्र मिश्र समूहबाट एकतामा सहभागी नेतालाई राप्रपाले दियो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षबीच भएको एकता अनुरूप पार्टीमा समाहित भएकाहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवारी दिएका छन् ।

मिश्रलाई यसअघि नै वरिष्ठ उपाध्यक्ष पद दिइएकामा अन्य नेताहरुलाई पनि जिम्मेवारी दिइएको हो । मिश्र राप्रपाबाट काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका उमेदवार भइ कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

राप्रपाले मिश्र समूहबाट आएकालाई केन्द्रीय कार्य सम्पादन समितिमा समेत समावेश गरेको छ। समितिमा रवीन्द्र मिश्र, शरदराज पाठक, निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैजु, कर्ण बहादुर शाही, नारायण कोइराला रहेका छन् ।

मिश्र समूहका शरदराज पाठकलाई महामन्त्री, उज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनीलाई सह महामन्त्री एवं हरिकृष्ण अधिकारी, सौरेन्द्र बहादुर शाहलाई सहायक महामन्त्रीको जिम्मेवारी दिइएको छ। यसैगरी केन्द्रीय सदस्यहरुमा अर्जुन प्रसाद खनाल,

हरिप्रसाद गौतम, उद्दव प्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दिपक प्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मण राज सिटौला, सुशील देवकोटा,

दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुसाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु वस्याल रहेका छन् ।

केन्द्रीय सदस्य लक्ष्मी घिमिरेलाई राप्रपाले समानुपातिक कोटाबाट बागमती प्रदेशसभाको सदस्यसमेत बनाएको छ। राप्रपा र रवीन्द्र मिश्रको वृहत् ध्रुवीकरण पक्षधर समूहको एकता असोज १२ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077