Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसदको शपथका लागि निर्वाचन आयोगको प्रमाणपत्र अनिवार्य

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले शपथ ग्रहणका लागि आउँदा निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने भएको छ ।

केही बेरमा सुरु हुने शपथ ग्रहणमा सांसदले निर्वाचित प्रमाण ल्याउन छुटाए शपथ ग्रहण गराउन नसकिने संघीय संसद् सचिवालयका रोजनाथ पाण्डले जानकारी दिए ।

उक्त प्रमाणपत्र संसद् सचिवालयले भेरिफिकेशन गरेपछि मात्र सांसलदहरुलाई शपथ ग्रहणमा सहभागी गराइनेछ ।

सांसदहरूलाई ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइसकेका छन् ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरु शपथग्रहणका लागि संसद भवन पुग्न थालेका छन् । नयाँबानेश्वर स्थित संसद् भवनमा आज दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077