Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • शोभराजलाई सोझै प्लेन चढाएर पठाउने गृहको तयारी

    शोभराजलाई सोझै प्लेन चढाएर पठाउने गृहको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 567
    SHARES

    फाइल फोटो

    काठमाडौं । कुख्यात अपराधी चाल्स सोभराजलाई सरकारले प्लेनमै लगेर छाड्ने भएको छ।

    आदेशअनुसार सोभराज बुधबार नै थुनामुक्त हुुनुपर्ने थियो, त्यति नहुँदा उनलाई बिहीबार केन्द्रीय कारागार सुन्धाराले छाड्नुपर्ने भए पनि सरकारले कारागारबाट एकैपटक प्लेन चढाउने तयारी गरेको हो।



    बुधबार कारागारले अदालतको आदेश स्पष्ट नभएको भन्दै छाड्न अस्वीकार गरे पनि उनलाई बाहिर बस्न दिँदा असुरक्षा हुने र नेपालको सुरक्षामा समेत असर पर्ने मूल्यांकन गर्दैै गृह मन्त्रालयले एकैपटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्लेन चढाउने तयारी गरेको हो।



    बुधबार सर्वोच्च अदाललते तत्काललै थुनामुक्त गरेर उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउने व्यवस्था गर्न आदेश दिएको थियो।

    अध्यागनम विभागमा समेत उनलाई नियन्त्रणमा लिएर एकैपटक प्लेन चढाउने विषयमा छलफल भएको बुझिएको छ।

    बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो।

    शोभराजले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो।

    उनीमाथि २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ । सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।

    सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए ।

    २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाए सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार