Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज शुक्रबारमात्रै कैदमुक्त हुने

काठमाडौं । कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज भोलिमात्रै छुट्ने भएका छन् ।

अध्यागमन विभागमा उनलाई राख्ने अलग्गै ठाउँ नभएपछि केन्द्रीय कारागारले भोलिमात्रै कैदमुक्त गर्ने भएको हो ।

सर्वोच्च अदालतको बुधबार र काठमाडौं र भक्तपुर अदालतको बिहीबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुने छन् । उनलाई भोलि नै अध्यागमन विभागलाई बुझाउने बताइएको छ ।

केन्द्रीय कारागार प्रशासनले शोभराजलाई फ्रान्स फिर्ता पठाउने गरी शुक्रबार अध्यागमन विभागको जिम्मा लगाउने भएको हो । कारागारले बिहीबार साँझ नै शोभराजलाई अध्यागमन विभाग पठाउने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077