Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी आक्रमणमा परेर रुसका पूर्व उपप्रधानमन्त्री घाइते

एजेन्सी । युक्रेनले गरेको बम आक्रमणका रुसका एकजना पूर्व उपप्रधानमन्त्री घाइते भएका छन् ।

पूर्वी युक्रेनको रुस नियन्त्रित क्षेत्रमा रहेको एउटा होटेलमा युक्रेनले बम आक्रमण गर्दा उनी घाइते भएका हुन् ।

कुनै समय रुसको अन्तरिक्ष निकायको नेतृत्व गरेका दिमित्री रोगोजिनले आफूलाई चोट लागेको बताए ।

दोनेत्स्क सहरको किनारामा भएको आक्रमणमा अर्को एक व्यक्तिको ज्यान गएको बताइएको छ ।

यसै आक्रमणमा परेर रुसको प्रोक्सी दोनेत्स्क पिपुल्स रिपब्लिकका प्रमुख भिताली खोत्सेन्को पनि घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077