Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकालाई रेड लाइन क्रस नगर्न चीनको चेतावनी

    अमेरिकालाई रेड लाइन क्रस नगर्न चीनको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 810
    SHARES

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकालाई रेड लाइन क्रस नगर्न चेतावनी दिएका छन् ।

    अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनलाई टेलिफोन कुराकानीमा वाङले यस्तो चेतावनी दिएका हुन् । अमेरिकाले चलाखीपूर्ण रणनीति प्रयोग गर्दै रेड लाइन क्रस गर्न खोजेको भन्दै त्यस्तो नगर्न उनले अमेरिकालाई चेतावनी दिए ।



    अमेरिकाले आफ्नो एकतर्फी धम्कीको पुरानो दिनचर्या बन्द गर्नुपर्ने उनले बताए । यस्तै वाङले अमेरिकाले चीनको विकास दबाउन खोजेको भन्दै आरोप लगाए । अमेरिकाले बेइजिङको वैधताको चिन्ताप्रति ध्यान दिनु जरुरी भएको वाङको भनाई छ ।



    चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दैआएको छ । तर अमेरिकाले त्यसलाई अस्वीकार गर्दै अलग देशको रुपमा व्यवहार गरेकोमा चिनियाँ अधिकारीहरू आक्रोशित बन्ने गरेका छन् । वाङले शुक्रबार अमेरिकी परराष्ट्रमन्त्री ब्लिंकेनलाई टेलिफोन मार्फत् चेतावनी दिएको विषयले दुई देशबीच सम्बन्धमा थप तनाब बढ्ने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार