Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारामा गोली लागेर घाइते भएका यादवको मृत्यु

बारा । बारामा गोली प्रहारबाट घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट घाइते भएका बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो ।

महागढीमाई नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेका थिए ।

उनलाई एलएस न्युरो अस्पतालमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृतक घोषणा जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार यादवको कोखामा एक राउन्ड गोली लागेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077