Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफ्नै भवन नहुँदा भाडामा बस्दै प्रहरी

    आफ्नै भवन नहुँदा भाडामा बस्दै प्रहरी

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 612
    SHARES

    गुल्मी । गुल्मीका केही प्रहरी चौकी तथा अस्थायी प्रहरी पोष्ट आफ्नै भवन नहुँदा भाडामा बस्दै आएका छन् । कतै आफैं र कतै स्थानीय तहको समन्वयमा भाडामा बस्दै आएका हुन् ।

    जिल्लामा रहेका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोष्टको आफ्नै भवन नहुँदा भाडामा बस्नुपर्दा कार्यसम्पादनमा निकै समस्या आएको पाइएको छ।



    यस जिल्लामा अहिले चार प्रहरी चौकी र एक जिल्ला ट्राफिक प्रहरीको कार्यालय भाडामा रहेका छन् ।



    प्रहरी चौकी इस्मा, प्रहरी चौकी भुर्तङ्ग, प्रहरी चौकी पुर्तिघाट, अस्थायी प्रहरी पोष्ट देउराली र जिल्ला ट्राफिक प्रहरी कार्यालय भाडाको भवनमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार