Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अत्याधिक जाडो बढेपछि असईसहित ९ प्रहरी जवानलाई जिल्ला झिकाइयो

    अत्याधिक जाडो बढेपछि असईसहित ९ प्रहरी जवानलाई जिल्ला झिकाइयो

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 7.6K
    SHARES

    मुगु । मुगुको उच्च हिमाली क्षेत्रमा अत्याधिक जाडो बढेपछि मुगु–तिब्बत सीमा प्रहरी चौकीमा कार्यरत प्रहरीहरुलाई जिल्ला तानिएको छ ।

    अत्याधिक जाडो बढेपछि असईसहित ९ जना प्रहरी जवानलाई ६ महिनाको लागि जिल्ला प्रहरी कार्यालयमा सारिएको हो ।



    जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मंसिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णय र प्रदेश प्रहरी कार्यालयको आदेशबमोजिम मुगु सीमा प्रहरी चौकीमा कार्यरत कर्मचारीहरुलाई जाडो कटाउन जिल्लातिर सारिएको छ ।



    चैत वैशाखमा गर्मी मौसम सुरु भएपछि प्रहरी जवानलाई सीमा प्रहरी चौकीतर्फ फर्काइने बताइएको छ । अब त्यहाँ करिब ६ महिनासम्म चौकी बन्द हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार