Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई जना पक्राउ

    कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 627
    SHARES

    हेटौंडा । मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला अदालत मकवानपुरबाट २० वर्ष कैद सजाय पाएर फरार रहेका मोटे स्याङ्तान भन्ने रामचन्द्र स्याङ्तान र सार्की माइला भन्ने कालु गोलेलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो।



    अभियुक्तद्वयले २०६३ जेठ १९ गते मकवानपुरको साबिक टिस्टुङ गाउँ विकास समिति वडा नम्बर–४, हाल थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए ।



    घटना पश्चात फरार रहेका प्रतिवादीहरु उपर जिल्ला अदालत मकवानपुरबाट भएको फैसला अनुसारको कैद बेरुजु फछर्यौटका लागी खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई घरबाटै पक्राउ गरेको हो ।

    अभियुक्तद्वय स्याङ्तान र गोलेलाई जिल्ला अदालत मकवानपुरले २०६७ असोज ८ गते २० वर्ष कैद सजाय तोकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार