Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कटुवा पेस्तोलसहित मकवानपुरबाट दुई जना पक्राउ

    कटुवा पेस्तोलसहित मकवानपुरबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 567
    SHARES

    मकवानपुर । मकवानपुर प्रहरीले कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ का २६ वर्षीय लाल कुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङतान रहेका छन्।



    ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हरियाली सामुदायिक वनमा खरङ्गाबाट राक्सिराङ आउँदै गरेको बा ४१ प २८१८ नंको मोटरसाइकल चेकजाँच गर्दा स्याङतानको साथबाट कटुवा पेस्तोल एक थान र बारुद भरिएका दुईवटा फलामका खोका बरामद गरेको हो।



    दुवैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार