Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माछा मार्न गएका गोपाल खोलामा मृत फेला

    माछा मार्न गएका गोपाल खोलामा मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरमा एक जना पुरूष मृत फेला परेका छन्।

    बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरे बस्ने अन्दाजी ३५ वर्षीय गोपाल थिङ मृत फेला परेका हुन्।



    थिङ आइतबार अपराह्न ४ बजे घरबाट माछा मार्न जान्छु भनेर निस्किएका थिए।



    तर उनी अबेरसम्म पनि नफर्किएपछि आफन्तहरू खोजी गर्न हिँडेका थिए।

    खोजी गर्नेक्रममा उनको शव बागमती खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार