Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ

    सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 591
    SHARES

    संकेतिक तस्विर

    मकवानपुर। मकवानपुर प्रहरीले सुनजस्तो देखिने धातुसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् ।



    हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेक प्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगन्जबाट आउँदै गरेको बा प्र ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्रामको सुनजस्तो देखिने धातुको ब्रास्लेट ९ थान र ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनजस्तो देखिने धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।



    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार