Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु

    बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 207
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ मा बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेका छन्।



    आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर उनी सख्त घाइते भएपछि उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो ।



    त्यहाँ उपचार सम्भव नभएपछि अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएको थियो ।

    उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार