Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नक्कली नोटसहित तीनजना पक्राउ

    नक्कली नोटसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 909
    SHARES

    फाइल तस्विर

    बारा । बाराको आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नक्कली नेपाली नोटसहित तीनजना पक्राउ परेका छन् ।

    प्रहरीले नेपाली एक हजार रुपैयाँ दरको ३ सय ४० थान नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसमेत तीन जनालाई नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकलसहित शुक्रवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार