Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनुषामा गोली लागेर घाइते भएका युवकको मृत्यु

धनुषा । धनुषामा अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका—२ बस्ने अन्दाजी ४० वर्षीय धानुक दासको मृत्यु भएको हो । बायाँ कोखमुनि गोली लागेर घाइते भएका दासलाई प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

शनिबार साँझ साढे सात बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दास दमकल मिस्त्रीका रूपमा काम गर्दै आएको बुझिएको छ ।

मोटरसाइकलमा सवार भएर आएका दुई व्यक्तिले उनलाई गोली हानेको स्थानीयले देखेका थिए । गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077