Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • माया लुहार हत्याका अभियुक्त कोली पुर्पक्षका लागि कारागार चलान

    माया लुहार हत्याका अभियुक्त कोली पुर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 567
    SHARES

    बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलेकी माया लुहार हत्याका अभियुक्त भरतराम कोलीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

    प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पौष ५ गते मुद्दा बुझाएको र कोलीलाई पौष ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।



    जिल्ला अदालतले कोलीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । २१ बर्षीया लुहारको सशस्त्र प्रहरीका जवान समेत रहेका कोलीले मंसिर १३ गते चक्कुले घाँटी रेटेर हत्या गरेका थिए ।



    घटना लगत्तै फरार रहेका कोलीलाई मंसिर १८गते महेन्द्रनगरबाट पक्राउ गरिएको थियो । उनले माया लुहारको हत्या गरेको स्वीकार गरेका थिए ।

    उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार