Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी ड्रोन रूसी हवाई शिविरमा गोली हानी खसालियो, तीन जनाको मृत्यु

एजेन्सी । रूसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रूसको एक हवाई शिविरनजिक पुगेपछि खसालेको छ । यो महिना एङ्गेल्सको शिविरमा भएको यो दोस्रो आक्रमण हो ।

उक्त घटनामा तीन जना रूसी प्राविधिकको मृत्यु भएको रूसले जनाएको छ ।

डिसेम्बर २६ मा मस्को स्थानीय समयअनुसार १ः३५ बजे सारातोभ क्षेत्रमा रहेको एङ्गेल्स सैन्य एयरफिल्डनजिक पुग्ने क्रममा युक्रेनी मानवरहित हवाई यानलाई कम उचाईमा गोली हानी खसालिएको थियो ।

ड्रोनको भग्नावशेष खसेपछि हवाई क्षेत्रमा रहेका तीन जना रूसी प्राविधिक सैनिक गम्भीर घाइते भएका थिए । घाइते तीनै जनाको उपचारका क्रममा निधन भइसकेको बताइएको छ । एङ्गेल्स, दक्षिणी सारातोभ क्षेत्रमा, युक्रेनबाट ६०० किलोमिटर (३७० माइल) भन्दा बढी दूरीमा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077