Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पुस २५ गते नै विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

    पुस २५ गते नै विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 570
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको पहिलो बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

    स्रोतका अनुसार प्रचण्डले पुस २५ गते सोमबार विश्वासको मत लिने तयारी गरेका हुन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थन लिएर प्रचण्ड आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । उनले एकमहिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ।



    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर २५ गते सोमबार दिउँसो १ बजे संसदको पहिलो बैठक आह्वान गरेकी छन् । संविधानको धारा ७७ अनुसार आम निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन ।



    ढिलो गर्दा माहोल परिवर्तन हुने, दृश्य फरक हुनसक्ने विश्लेषण प्रधानमन्त्रीको टीमले गरेको छ। प्रचण्डले यो अवधिमा गठबन्धनबीच मन्त्रालय र अन्य शक्तिशाली निकायको भागबण्डा टुंगो लगाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार