Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुई वर्षपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

मन्त्रिपरिषद् विस्तार, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयमा छलफल गर्न अध्यक्ष ओली खुमलटार पुगेका हुन् । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।

ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

ओली प्रचण्डबीच मन्त्रिपरिषद विस्तार, माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने स्रोतले जनाएको छ । तत्कालीन नेकपा खेमालाई समेत जोड्ने गरी प्रचण्डले प्रयास थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077