Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले-माओवादीका सुदूरपश्चिम इन्चार्जबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबीच भेटवार्ता भएको छ।

बुधबार बिहान काठमाडौंस्थित लेखराज भट्टको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो। उनीहरुबीच पछिल्लो परिवर्तित राजनैतिक अवस्था र सुदूरपश्चिम प्रदेश सरकार निर्माणको विषयमा छ्लफल भएको भएको छ।

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व लिने कसरतमा छ। काङ्ग्रेस संगको गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि यहाँ प्रदेशको मुख्यमन्त्रीमा खगराजले बलियो दाबी प्रस्तुत गरेका छन्।

उनले लेखराजलाई भेटेर नै आफूलाई मुख्यमन्त्रीमा सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ । सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ आवश्यक पर्छ।

अहिले यहाँ प्रदेश सभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाको १ सांसद छन्। यस्तै सुदूरपश्चिममा काँग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077