Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेकपा विभाजन भएपछि पहिलो पटक ओली खुमलटारमा (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटार पुगेका छन् ।

मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रचण्डसँग छलफल गर्न ओली खुमलटार पुगेका हुन् ।

पछिल्लो पटक दाहालसहित असन्तुष्ट रहेका नेताहरूले जारी गरेको १९ पृष्ठको आरोपपत्र फिर्ता लिन भन्दै २०७७ पुस ४ गते अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए ।

उनिहरुबीच अहिले कुराकानी भैरहेको छ । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । ध्यक्ष ओली प्रचण्ड निवास जम्मा दुई पटक मात्रै पाइला टेकेका छन् ।

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा र तत्कालीन नेकपा विभाजन हुनुअघि खुमलटार पुगेका थिए । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077