Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कर्णालीमा माओवादीले आज संसदीय दलका नेता छान्दै

सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णालीमा आज संसदीय दलको नेता छान्दै छ ।

कर्णाली प्रदेशमा संसदीय दलको नेता छान्न माओवादी केन्द्रको प्रदेश कमिटीको बैठक बसिरहेको छ ।

दल नेताका लागि चार जनाले दाबी पेश गरेका छन् ।

मंगलबार बसेको प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसी (जितेन्द्र) र विन्दमान विष्टले दल नेताका लागि दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077