Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कर्णाली माओवादी दलको नेता राजकुमार शर्मा चयन

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयन गरेको छ ।

आज बसेको प्रदेश समितिको बैठकले शर्मालाई दलकाे नेता चयन गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

मंगलबार बसेको प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसी (जितेन्द्र) र विन्दमान विष्टले दल नेताका लागि दाबी पेश गरेका थिए ।

नेपाली कांग्रेसले संसदीय दलको नेतामा जीवनबहादुर शाहीलाई चयन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077