Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

वाग्मती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाले लिए शपथ

मकवानपुर । वाग्मती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले सांसद पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

बागमती प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार प्रदेश प्रमुखकाे कार्यालयमा शपथ गराएका हुन् ।

ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेश सभामा निर्वाचित बाँकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077