Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चिसोले कठ्यांग्रिएर सर्लाहीमा वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीमा चिसोले कठ्यांग्रिएर एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको बसबरिया गाउँपालिका–५, धनगढानिवासी ७९ वर्षीया श्रीपतिदेवी पासवानको चिसोका कारण मृत्यु भएको हो ।

परिवारका अनुसार आगो ताप्नका लागि दाउरा लिन गएको अवस्थामा पासमान बाटोमा लडेर अचेत अवस्थामा थिइन् ।

उनलाई तत्काल परिवारका सदस्यले अस्पताल लग्दैगर्दा बाटोमै मृत्यु भएको उनका छोरा बच्चेलाल पासवानले जानकारी दिए ।

लगाउन र ओढ्न न्यानो कपडा नभएपछि पानवान चिसो छल्न दाउराको जोहो गर्न गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077