Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रचण्डकी कान्छी छोरी गंगाको हातमा बालुवाटारको चाबी

    प्रचण्डकी कान्छी छोरी गंगाको हातमा बालुवाटारको चाबी

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 741
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवास सरेका छन् । ज्योतिषीले जुराएको साइतमा उनी बुधबार साँझ सरकारी निवास सरेका हुन् ।

    निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् । साँझ पौने ७ बजे प्रचण्ड परिवार बालुवाटार प्रवेश गरेको हो । बालुवाटारस्थित सरकारी निवासको चाबी प्रचण्डकी कान्छी छोरी गंगा दाहालले बुझेकी छन् ।



    सरकारी अधिकारीले गंगालाई निवासको चाबी हस्तान्तरण गरेका थिए । गंगा प्रचण्डको स्वकीय सचिव समेत हुन् । माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड नेकपा एमालेसहित सात दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए।



    उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेका थिए। उनले ८ सदस्यीय मन्त्रिपरिषद् विस्तारसमेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार