Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र महेश बस्नेतबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

आज बुधवार बेलुकी एमाले नेता बस्नेतले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालको कामना पनि गरे ।

उनले विगतको कमजोरीको समीक्षा गरेर वाम दलहरूबीच एकता र सहकार्य गर्दै 'सुखी नेपाली समृद्ध नेपाल' निर्माणको अभियानमा अघि बढ्न सफलता मिलोस् भन्ने कामना पनि गरेका छन् ।

एमाले अध्यक्ष ओलीनिकट बस्नेत पछिल्लो समय वाम गठबन्धन निर्माणका लागि सक्रिय छन् । उनी अहिले पनि वाम दलहरु गठबन्धनबाट फेरि एकतामा पुग्नुपर्ने पक्षमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077