Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हुस्सुका कारण चीनको हेनान प्रान्तमा २०० गाडी आपसमा ठोक्किँए

एजेन्सी । मध्य चीनको हेनान प्रान्तको झेनझोउ सहरको एउटा पुलमा बुधबार बिहान अत्यधिक हुस्सुका कारण दर्जनौं सवारी साधनहरू ठोकिनुका साथै ठूला कारको थुप्रोमा ठोकिएका छन् ।

सडकदेखि माथि आकाशबाट लिइएको तस्बिरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ ।

भिडियोमा केही गाडी दुर्घटनाका कारण टुक्रा–टुक्रा भएको पनि देखिएको छ ।

हेनान प्रान्तको झेङझोउ सहर नजिकै बाक्लो कुहिरोले कमजोर दृश्य भएका कारण दुर्घटना भएको र कम्तीमा दुई सय वटा गाडी दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सो दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077