Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हुस्सुका कारण चीनको हेनान प्रान्तमा २०० गाडी आपसमा ठोक्किँए

    हुस्सुका कारण चीनको हेनान प्रान्तमा २०० गाडी आपसमा ठोक्किँए

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 744
    SHARES

    एजेन्सी । मध्य चीनको हेनान प्रान्तको झेनझोउ सहरको एउटा पुलमा बुधबार बिहान अत्यधिक हुस्सुका कारण दर्जनौं सवारी साधनहरू ठोकिनुका साथै ठूला कारको थुप्रोमा ठोकिएका छन् ।

    सडकदेखि माथि आकाशबाट लिइएको तस्बिरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ ।



    भिडियोमा केही गाडी दुर्घटनाका कारण टुक्रा–टुक्रा भएको पनि देखिएको छ ।



    हेनान प्रान्तको झेङझोउ सहर नजिकै बाक्लो कुहिरोले कमजोर दृश्य भएका कारण दुर्घटना भएको र कम्तीमा दुई सय वटा गाडी दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सो दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार