Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स यूनाइटेडलाई पराजित गरेको छ ।

आज बिहान भएको खेलमा सिटीले घरेलु टोली लिड्सलाई ३–१ गोलले पराजित गरेको हो ।

सिटीका एर्लिङ हलान्डले दुई तथा रोड्रीले एक गोल गरे । लिड्सका पास्कल स्ट्रुजिकले एक गोल फर्काए । जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शीर्षस्थानको आर्सनलको ४० अंक छ । सिटीसँग पराजित भएको लिड्स यूनाइटेड १५ खेलमा १५ अंकका साथ १५औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077