Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले भन्यो - नेपालसँग द्विपक्षीय सम्बन्ध बढाउने कुरामा हामी कुनै कमी गर्दैनौँ

काठमाडौं । छिमेकी देश भारतले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न भारत इच्छुक रहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकासँग मिलेर काम गर्न भारत इच्छुक रहेको बताएका हुन् ।

उनले नेपाल भारतबीच युनिक सम्बन्ध रहेको बताउँदै यसला बढाउनका लागि नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताए । 'घनिष्ठ छिमेकी नेपालसँग द्विपक्षीय सम्बन्ध बढाउने कुरामा हामी कुनै कमी गर्दैनौँ', उनले भने,'द्विपक्षीय सम्बन्ध बढाउन हामी प्रचण्डजीको सरकारसँग मिलेर काम गर्न तयार छौँ।'

आफूहरु पनि नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा रहेको प्रवक्ता अरिन्दम बाग्चीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077