Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सूर्य थापा र वामदेव गौतमबीच भेटवार्ता, वामदेवलाई एमालेमै फर्कन आग्रह

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले वामदेव गौतमलाई भेटेका छन् । पूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले उनकै निवास भैसेपाटी पुगेर भेट गरेका हुन् ।

भेटमा थापाले नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका बामदेव गौतमलाई एमालेमै फर्किन आग्रह गरे । जवाफमा गौत्तमले एमालेको विधानलाई देखाएको बताइएको छ ।

यस्तै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्युठानबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको हैसियतमा आज मैले प्युठान-१ का हामीले पौरख गरी विजयी गराएका पूर्व सांसद तथा समकालीन कम्युनिस्ट नेताहरूमध्ये एक वरिष्ठ व्यक्तित्व वामदेव गौतमसँग भेटेर सल्लाह सुझाव लिएको छु।’

उनले अगाडि लेखेका छन्,‘उहाँले मलाई खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनुभयो। उक्त अवसरमा हामीले लामो, गंभीर र अन्तरंग छलफल समेत गर्‍यौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077