Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारमा सहभागिताबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने-नजाने निर्णय लिन स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

स्थायी कमिटी बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको पार्टीका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा आउन आग्रह गरेका थिए ।

प्रचण्डको आग्रहपछि नेपालले पार्टी भूगोल कमिटीका अध्यक्ष र इन्चार्जसँग भर्चुअल बैठक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077