Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हलमा शुक्रबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ गराएका हुन् ।

ज्येष्ठ सदस्यका रूपमा रावलले शुक्रबार नै प्रदेश प्रमुख देवराज जोशीसँग शपथ लिएका थिए । रावलले प्रदेश सभका अन्य ५२ सांसदलाई शपथ गराएका हुन् ।

४६ जनाले नेपाली भाषा र ६ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सदस्य छन् ।

प्रदेशसभामा ६ दलको सहभागिता छ । १९ सिट ल्याएको नेपाली कांग्रेस प्रदेश संसद्मा सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । यसैगरी, ११ सिट ल्याएको माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने १० सिट ल्याएको एमाले तेस्रो स्थानमा छ ।

सुदूरपश्चिम प्रदेशसभामा चौथो दलका रूपमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । उक्त पार्टीका ७ जना सांसद छन् ।

४ जना सांसद रहेको एकीकृत समाजवादी पाँचौ स्थानमा छ भने प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकबाट राप्रपाका एक जना सांसद निर्वाचित भएका छन् । त्यस्तै एक जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077