Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको नयाँ विदेशमन्त्रीमा छिन काङ नियुक्त

काठमाडौं । चीनको विदेशमन्त्रीमा छिन काङ नियुक्त भएका छन् । उनलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि छिन अमेरिकाका लागि चिनियाँ राजदूत थिए । यसअघि विदेशमन्त्री वाङ यी थिए ।

२०२१ जुलाईमा अमेरिकाका लागि उनी ११औं चिनियाँ राजदूतका रूपमा नियुक्त भएका थिए।

चिनियाँ परराष्ट्र मन्त्रालयमा एक कुशल कूटनीतिज्ञका रूपमा परिचित छिनले विदेश मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

त्यस्तै उनले बेलायतस्थित चिनियाँ दूतावासमा समेत काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077