Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : भाल्लाडोलिडमाथि जित निकाल्दै मड्रिड शीर्षस्थानमा

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा रियल मड्रिडले रियल भाल्लाडोलिडलाई पराजित गरेको छ ।

जोस जोरिल्ला स्टेडियममा भएको खेलमा मड्रिडले भाल्लाडोलिडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

मड्रिडको जितमा करिम बेञ्जेमाले दोहोरो गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुबै गोल बेञ्जेमाले दोस्रो हाफमा गरेका थिए ।

जितसँगै १५ खेलबाट ३८ मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । भालाडोलिड भने १७ अंक जोडेर तालिकाको १५ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077